धनगढी। शनिबार धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर काठमाडौंमा आपतकालीन अवतरण गरिएको छ। काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज डाइभर्ट भएर फेरी काठमाडौँमा आपतकालीन अवतरण गरिएको हो।
५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज उडेको ११ मिनेटपछि डाइभर्ट भएको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ। प्राविधिक कारणले जहाज डाइभर्ट भएर पुनः काठमाडौँ आपतकालीन अवतरण गरिएको जनाएको छ । डाइभर्ट भएपछि उक्त जहाज काठमाडौँमा आपतकालीन अवतरण गरिएको छ।


