धनगढी। आइसक्रीम पारखीकालागि धनगढीमा क्रीम बेल आइसक्रीमको बिक्रीवितरण शुरु भएको छ । आइसक्रीम पारखीहरुको लागि क्लब चौलानीले आजबाट धनगढीमा क्रीम बेल आइसक्रीमको बिक्रीवितरण सुरु भएको हो।
भारतीय उत्पादन रहेको क्रीमबेल आइसक्रीमहरु विभिन्न स्वादमा पाइने क्लब चौलानीका संचालक तिलक साउदले जानकारी दिए। बटरस्कच, भेनेला, काजु किसमिस, ब्ल्याक करेन्ट, पिंक लभ लगायत विभिन्न स्वादमा आइसक्रीम उपलब्ध रहेको संचालक साउदको भनाई छ ।