धनगढी। कैलालीमा ३ बर्षदेखि फरार १ जना अभियुक्त पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरी टोलिले जिल्ला अदालत कैलालीबाट चोरी मुद्दामा दण्ड सजाय भई फरार रहेका धनगढी उप–महानगरपालीका – १ का मुकेश कुमार सेवालाई पक्राउ गरेको हो ।
बिहिबार प्रहरी टोलीले फरार अभियुक्त ३ बर्षपछि घरबाटै पक्राउ गरेको हो। सेवा २०७५ कार्तिक २९ गते देखि फरार रहेको र सेवालाई जिल्ला अदालत कैलालीले १ महिना कैद सहित ६० हजार जरिवाना तोकेको थियो ।