धनगढी। कैलालीमा सवारी ज्यान मुद्दाका फरार २ जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दण्ड सजाय भई १२ बर्षदेखि फरार रहेका २ जना व्यक्ति पक्राउ परेका हुन्।
आज (बिहीबार) अस्थाई प्रहरी पोष्ट खानिडाँडा कैलालीबाट खटीएको प्रहरी टोलीले कैलालीको साबिक सहजपुर २ घरभई हाल जिल्ला कैलाली चुरे गाउँपालीका ५ खानिडाँडा बस्ने दिपक अधिकारी र सोही ठाउँ बस्ने गंगा बहादुर अधिकारीलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो।
पक्राउ गरी कैलाली जिल्ला अदालत मार्फत कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। प्रतिवादी दिपक अधिकारीलाई कैलाली जिल्ला अदालतको मिति २०६६ साउन २७ गतेको फैसला अनुसार १ बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको र प्रतिवादी गंगा बहादुर अधिकारीलाई मिति २०५८असार १२ गतेको कैलाली जिल्ला अदालको फैसला अनुसार ६ महिना कैद तोकिएको जनाइएको छ ।