कञ्चनपुर। कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्बास नगरपालिका–११ बस्ने ४० वर्षीय माने खत्रीको डुबेर मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोही ठाउँको अमरबस्तीस्थित पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेका थिए । डुबेर अशक्त भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएका कञ्चनपुर प्रहरीले जनाएको छ। थप घटनाबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।