धनगढी। बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कारोना परिक्षणमा १९ जनामा कोरोना पुष्टि भएको देखीएको छ । अस्पतालको प्रयोगशालामा ९३ जनाको नमूना संकलन गरी परिक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमित निको भई घर फर्किएकोमा थप २ जना अस्पतालमा भर्ना भएका छन्। अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।