धनगढी। धनगढीमा २ बर्षदेखि फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दामा दण्ड सजाय भई फरार रहेका व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलाली धनगढी उप(महानगरपालीका ७ का ४८ बर्षीय डबल बहादुर शाहु रहेका छन्। २०७६ असार ५ गते देखि फरार रहेका शाहुलाई कैलाली जिल्ला अदालतबाट २ हजार जरिवाना र ७ दिन कैद भएको थियो ।