धनगढी। सुदूरपश्चिम समाज दक्षिण कोरियाको १५ औ अधिबेशन नयाँ कार्यसमिति चयन गर्दै मंगलबार सम्पन्न भएको छ । दक्षिण कोरियामा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेली वासीहरुको सक्रियतामा सन २००५ मा स्थापित समाजले मंगलबार आफ्नो पन्ध्रौँ अधिबेशन भर्चुअल (जुम)को माध्यमबाट सम्पन्न गरेको हो।
बिदेशमा रोजगारी तथा विभिन्न पेशामा आवद्ध रहेका नेपालीहरुलाई आईपर्ने समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्यलाई आत्मसात समाजले गर्दै आएको छ। सुदूरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष बिर बहादुर पालको सभापतित्वमा भएको अधिबेशन कार्यक्रमका प्रमुख अतिथि युएनडिपीका सल्लाहकार अङ्गराज तिमिल्सेना रहेका थिए।यस्तै बिशिष्ट अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायर,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय तदर्थ समितिका संयोजक डाक्टर भरत नेगी ,एमटियुका अध्यक्ष उदय राई, नेपाली जनसम्पर्क समिति कोरियाका सभापति आस्था बिन्दु मल्ल,सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सल्लाहकार नरेन्द्र भाटको सहभागिता रहेको थियो ।
यसैगरी अथितिमा कर्ण बहादुर चन्द, डाक्टर एकेन्द्र तिमिल्सेना,जितु उपाध्याय,पुर्व अध्यक्षहरु क्रमश नर बहादुर सार्की, धर्मराज जोशी,पुर्व उपाध्यक्ष नबिनराज जोशी, राष्ट्रिय खेलाडी लक्ष्मण अधिकारी,गायिका रेखा जोशी,गायिका गौरी भट्ट,गायक भक्तराज भट्ट,लगायत दक्षिण कोरियामा क्रियासिल संघ-संस्थाका प्रतिनिधि,र विभिन्न देशहरुमा बस्दै आएका सुदूरपश्चिमेली नेपालीहरुको सहभागिता रहेको थियो।कार्यक्रममा वोल्ने वक्ताहरुले सुदूरपश्चिम समाज दक्षिण कोरियाले नेपाली समुदायमा खेलेको भुमिकाको वारेमा मुक्तकण्ठले प्रशसा गरेका थिए।
सुदूरपश्चिम समाज दक्षिण कोरियाको १५ औ अधिबेशनले यज्ञमान नायकको अध्यक्षतामा जिल्ला संयोजक सहित २५ सदस्यिय निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ । जस्को बरिष्ठ उपाध्यक्षमा महेश महरा, उपाध्यक्षमा जनक बहादुर बिष्ट, दिपेन्द्र रोकाया, महेश भट्ट, महासचिवमा योगेश बोहोरा, सचिवमा अमर भट्ट, रेवन्त रावल, कोषाध्यक्षमा टेकराज पनेरु र सह-कोषाध्यक्षमा टंकेश्वर खडका चयन भएका छन्। यस्तै सदस्यमा जगदिश घरेडी, अशोक भण्डारी, भूपेन्द्र जोशी,कुमार काफ्ले र हरिश बिष्ट चयन भएका छन् ।अधिवेशनले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला संयोजक चयन गरेको छ। राजु न्यौपानेलाई -बाजुरा,मानबहादुर धामीलाई -बझाङ्ग,महेश बजगाई-अछाम,कृष्ण भण्डारी-डोटी, छविलाल न्यौपाने-कैलाली,तीर्थराज कडायत-दार्चुला,डबलबहादुर चन्द-बैतडी,बसन्त बोहोरा-डडेल्धुरा र विक्रम जोशीलाई कंचनपुरको जिम्मेवारी दिएको छ। भाइचाराको भावना जागृत गराइ एकतावद्ध हुदै सुदूरपश्चिमको मौलिक कला साहित्य भाषा र संस्कृतिको जगेर्ना र संवर्द्धन गर्नुका साथै सामाजिक संघ संस्थाहरूसँग सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ। समाजको उद्देश्य प्राप्तिका लागि समय-समयमा विभिन्न मानवीय कार्यसँगै सहयोगका अभियानहरू संचालन गर्दै आएको छ।