कञ्चनपुर। कञ्चनपुरमा भारतीय तस्करहरुको समूहले सशस्त्र प्रहरीमाथि निर्घात कुटपिट गरेको छ। सोमबार राति ८ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका ३ जना जवानमाथि कुटपिट गरेका हुन्।
स्थानीयका अनुसार नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसार पसार गरिरहेका थिए। सशस्त्र प्रहरीले तिनीहरुलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो । तर ८ जनाको समूहमा रहेको तस्करहरुको समूहले उल्टै प्रहरीलाई नै घेराबन्दीमा पारेर कुटपिट गरेको जनाइएको छ।तस्करबाट कुटिनेमा प्रहरी जवान सुदिप सुनारलगायत ३ जना रहेका छन् । तर सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्र ऐरले तरस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करहरुले ढुंगामुढा गरेको बताए । चोटपटक कसैलाई नलागेको उनको भनाइ छ । उनले घाइते प्रहरीहरुको पहिचान समेत खुलाउन चाहेनन्। तस्करबाट कुटिएका सशस्त्र प्रहरी जवान सुदिव सुनारले भने, ‘हामीहरु गस्तीको क्रममा दोधाराचाँदनी नगरपालिका–८ मा थियौँ ।
त्यहीक्रममा एक जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चिनीको बोरा लिएर आइरहेको थिए । हामीले उसलाई रोकेर सोधपुछपछि उसले ओसार पसार गरिरहेको अवैध चिनी नियन्त्रणमा लिन खोज्दा ८/९ जनाको समूह नै आएर कुटपिट गरे ।’तस्करहरुको सो समूहले प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेको प्रहरीले जनाएको छ । तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको बताइएको छ । कुटपिटको विरोध गर्दै राति नै स्थानीय युवाहरुले सो क्षेत्रमा प्रदर्शन समेत गरेका थिए।भिडीयो हेर्नुहोस् यहाँ तल घाइते प्रहरीहरु…