धनगढी। कैलालीमा वन मुद्दामा दण्ड सजाय भई ५ वर्ष देखि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । कैलारी गाउँपालिका वडा नम्बर १ का ५२ बर्षिय राजकर्ण कठरियालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
२०७३ साल असोज १२ गते देखि फरार कठरियालाई कैलाली जिल्ला अदालतबाट ५ महिना १० दिन कैद र बिस हजार जरिवाना भएको थियो। जरिवाना तोकिए पश्चात् विगत ५ वर्ष देखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो। उनलाई आवश्यक प्रक्रिया पश्चात् निजलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।