कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा दोधा नदीले बिचल्लीमा परेका बाढी पिडीतलाई राहत सामाग्री बितरण गरिएको छ । गत भदौ ११ गते आएको बाढीका कारण पुनर्वास नगरपालिका ५ सिमरी गाउँका ८५ घर बिचल्लीमा परेका थिए ।
दोधा नदीमा आएको बाढीले घर डुबानमा परी भण्डारण गरेर राखेको खाद्यान्न बगाएकाले खानाको जोहो गर्न धौ – धौ भईरहेका बेला समाजसेवी युवा समुहको सहकार्य र कर्णाली प्रदेशको जुम्ला घर भई हाल काठमाडौँमा बस्दै आएका अमर बिष्टले ब्यक्तिगत सहयोगमा ८५ घरधुरीलाई २ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् ।
बाढीको समयमा स्थानिय सरकारले केही दिन खानाको बन्दोबस्त गरेपनि हाल भोकमरीको चिन्तामा बाँचिरहेका बाढी पिडितलाई बिष्टले चामल,दाल तेल, सोयबिन,नुन साबुन लगायतका खाद्यान्न सामाग्री वितरण गरेका हुन् । बिभिन्न संघ सस्थाहरुले केही स्वास्थ्य सामाग्री उपलब्ध गराएपनि प्रत्येक घरधुरीका लागि खाद्यान्न सहयोग भने पहिलो पटक भएको बिपत ब्यवस्थापन समितिका अध्यक्ष तिर्थलाल रानाले जानकारी दिए। राज्यबाट उपेक्षित गरिएका राना थारु बस्तीमा बिपत आएको महिना दिन बितिसक्दा पनि स्थानिय सरकारले खाद्यान्न सहयोग तथा पुनस्र्थापन गर्न नसकेको अवस्थामा अपरिचित,टाढाको मान्छेले सहयोग गरेकोमा यहाँका बाढी पिडितहरु खुशी भएका छन् । स्थानीय सरकारलाई उनिहरुले यथाशिघ्र आफुहरुको पुनस्र्थापना गर्न समेत माग गरेका छन् । दिन दुखी , अप्ठयरोमा परेका मानिसहरु माझ सहयोग गर्न पाउनु निकैनै खुशीको कुरा भएकोले त्यसैले आगामी दिनहरुमा पनि बिपत र जोखिममा परेका समुदाय माझ आफुले सक्दो सहायोग गर्ने बिष्टले बताए । जुम्ला जिल्लाका अमर बिष्टले बिभिन्न समयमा अप्ठेरोमा परेका ब्यक्तीहरुको उद्धार तथा सहयोग गर्दै आएका छन् ।