अछाम। अछामको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। अछामको बान्निगढी जयगढ गाउँपालिका अन्तरगत वडा नम्बर १ को कार्यालयमा गाज्रा(साबिकको वडा नं २) कुण्डाली बासीहरुले वडा कार्यलयमा तालाबन्दी गरेका हुन्।
स्थानीयहरुले सडक मर्मतको माग राख्दै तालाबन्दी गरेको बताएका छन्।बडाकोट कुण्डाली गाजरा सडक मर्मत गर्नुपर्ने भएको तर पटक पटक माग गर्दा समेत चासो नदेखाएको तालाबन्दी गर्न बाध्य भएको स्थानीय शंकर खड्काले बताए। उनले भने बडाकोट कुण्डाली गाजरा सडक बिग्रको लामो समय भईसक्दा समेत मर्मत गर्न पटक पटक माग गर्दा समेत कुनै चासो देखाएको छैन्।
बिरामीहरुलाई अस्पताल सम्म लिनलाई बोकर लिनुपर्ने अवस्था सिर्जना हुदासमेत स्थानीय सरकारले कुनै वास्ता गरेको छैन, खड्काले भने। यता बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ का अध्यक्ष हिरण्ड बहादुर खड्काले भने बर्षाको बेला भएकोले सडक मर्मत गर्न नसकिएको बताए ।