धनगढी। शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ७६ जनाको नमूना परिक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा ३ जना संक्रमित निको भई घर फर्किएकोमा थप २ जना बिरामी अस्पताल भर्ना भएका छन्। हाल अस्पतालमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ७ जनाको आइसियु र ४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।