कञ्चनपुर। कञ्चनपुरका पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार बेदकोट नगरपालिका स्थित दैजी–बेलडाँडी सडक खण्डसँगै रहेको नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका पुरुषको शव आज बिहान फेला परेको हो ।
बुधबार साँझ नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बेदकोट नगरपालिका वडा नम्बर १० बस्ने ३५ वर्षीय लक्ष्मण पन्तको अबेर रातीसम्म खोजी गर्दा कुनै पत्ता नलागेपछि बिहीबार बिहान पुनः सुरक्षाकर्मी र स्थानीय युवाहरूको टोली खोजीका लागि खटिएको थियो ।
त्यस क्रममा पन्तको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले जानकारी दिए ।