धनगढी। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार अस्पतालको प्रयोगशालामा ७३ जनाको कोरोना परिक्षण गर्दा १४ कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ५९ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । हाल अस्पतालमा १९ जना बिरामी उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् । यस्तै ८ जना आइसियुमा र ५ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।