धनगढी। बाल दिवसको अवसरमा सुप समावेशीका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पुरस्कार बितरण गरिएको छ । सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारीू भन्ने मुल नाराका साथ ५७ औं राष्ट्रिय बाल दिवस २०७८ को अवसर पारेर विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पुरस्कार वितरण गरिएको हो।
नेपाल बाल संगठन कैलाली जिल्लाको आयोजनामा सुप समाबेशी आधारभुत विद्यालय गोदाबरी-२ अत्तरिया कैलालीमा शारीरिक अपाङ्गता भएका बाल बालिकाहरुलाई शैक्षिक सामाग्री तथा पुरस्कार वितरण गरि मनाइएको हो। संगठनले ६५ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयका विद्यार्थीलाई प्रतिविद्यार्थी १/१ झोला सहित कापी, पेन्सील, डटपेन, कटहर र इरेजर वितरण गरिएको बाल संगठनले जनाएको छ । उक्त सामग्री प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल लगायतका अतिथिहरुले बालबालिकालाई वितरण गरेका थिए ।शारीरिक अपाङ्गता भएका बाल बालिकाहरुलाई शैक्षिक सामग्री तथा मिठाई खाजा बितरण गरिएको थियो। साथै नेपाल बाल संगठन कैलालीले आयोजना गरेको माध्यमिक तह स्तरिय निबन्ध प्रतियोगिताका बिजेता छात्रा छात्रहरु लाई पुरस्कार तथा प्रमाण पत्र समेत बितरण गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले फरक क्षमता भएका बालबालिकाको क्षेत्रमा राज्यले काम गरिरहेको भएपनि सुप समावेशी विद्यालयमा राज्यको त्यति ध्यान जान नसकेको बताए । उनले शिक्षाको जिम्मेवारी स्थानिय तहलाई भएकाले प्रदेश र स्थानिय सरकारले नगरपालिका संग समन्वय गरी विद्यालयलाई सहयोग गर्न आवश्यक रहेको बताए ।यस्तै कार्यक्रममा बिशिष्ट अतिथि रहेका गोदावरी नगरपालिका – २ का वडा अध्यक्ष कृष्णराज सुवेदीले बालबालिकाको हकका लागि वडा कार्यालय सचेत रहेको बताए । उनले स्थानीय सरकारको बालबालिकाको हक अधिकारका बारेमा काम गर्ने दायित्व भएकाले त्यसमा आफू कटिबद्ध रहेको बताए ।कार्यक्रममा बोल्दै नेपाल बाल संगठन जिल्ला कार्यसमिति कैलालीका अध्यक्ष चुडामणी भट्टले २०७२ सालमा संबिधान निर्माण भएसंगै बालबालिकाका अधिकारको क्षेत्रमा पनि थुप्रै कानुनहरु निर्माण भएको बताए । उनले कानुन निर्माण भएपनि बालबालिकाले अझै पनि आफ्ना अधिकार प्राप्त गर्न नसकेको बताए । ‘बालबालिका शिक्षा, स्वास्थ्य लगायत नैसर्भिक अधिकारबाट बन्चित छन’ उनले भने ‘सामाजमा भएका सबै खालका बालबालिकाको अधिकारका लागि थुप्रै कानुन बनेपनि अझै हाम्रा सामु थुप्रै चुनौती छन ।’कार्यक्रममा बोल्दै सुदूरपश्चिम समावेशी विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले आफूहरुले फरक क्षमता भएका बालबालिकाका लागि विद्यालय स्थापन गरेको बताए । उनले सबै बालबालिकाले पढ्न पाउने अधिकार सुनिश्चित गर्न विद्यालयले बालबालिकालाई अध्यापन गराईरहेको बताए । कार्यक्रममा प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी श्रीमान खगेन्द्र प्रसाद रिजाल,अतिथिमा गोदाबरी न पा वडा न २ का वडा अध्यक्ष कृष्ण राज जोशी ,वरिष्ठ पत्रकार दिल बहादुर छत्याल, गोदावरी नगर शिक्षा समिती सदस्य सुरत बिष्ट, विद्यालय का सस्थापक अध्यक्ष ,प्र.अ ,शिक्षक शिक्षिका ,विद्यार्थी लगाएतको उपस्थीती थियो । भने कार्यक्रमको अध्यक्षता नेपाल बाल संगठन कैलाली जिल्ला सभापति चूडामणि भट्टले गरेका थिए। कार्यक्रम संचालन जिल्ला सचिब हिक्मत सिंह रावलले गरेका थिए ।
निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण- यसैबिच सोही कार्यक्रममा नेपाल बाल संगठन जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको मावि स्तरिय निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । जसमा प्रथम पुरस्कार नास्ट सेकेन्डरी स्कुल धनगढीमा अध्ययनरत दिपा पनेरुले पाएकी थिईन । उनले पुरस्कार स्वरुप नगद ५ हजार सहित प्रमाणपत्र पाएकी छिन । यस्तै द्धितिय पुरस्कार एक्सिस विद्याश्रम मावि धनगढीमा अध्ययनरत वियज राज जोशीले हात पारेका छन । उनले नगद ४ हजार सहित प्रमाणपत्र पाएका थिए । त्यस्तै तृतिय र सान्तवना पुरस्कार क्रमश धनगढी नमूना मावि कैलालीमा अध्ययनरत प्रबिण चन्द र नभ ज्योती विद्या गृह टीकापुरमा अध्ययनरत जिविका शाहले पाएका थिए । उनीहरुले क्रमशः ३ हजार र २ हजार पुरस्कार पाएका छन । उक्त प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारा तय गरिएको छ ।