धनगढी। कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ता बजार स्थित खानेपानी ट्याङ्की नजिकै हुलाकी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० कलकत्तामा बस्ने अन्दाजी २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सु.प.प्र ०१ ००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाईते भएका चौधरीको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।