कञ्चनपुर। कञ्चनपुरमा अवैध रुपमा बालुवा उत्खनन गर्ने एक जना चालक सहीत ट्याक्टर प्रहरीले नियन्त्रणमा लिइएको छ । अवैध रुपमा बालुवा उत्खनन गरीरहेको अवस्थामा एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ किचाई (दोधा मछली) नदीबाट अबैध रुपमा बालुवा गरीरहेको अवस्थामा कृष्णपुर नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३४ का रमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
साथै उनले चलाएको से १ त ७८४८ नम्बरको ट्याक्टरसहित नियन्त्रणमा लिईएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले ट्याक्टरसहित एक जनालाई पक्राउ गरेको र आवश्यक कारबाहीको लागी कृष्णपुर नगरपालिकामा पठाइएको प्रहरीले जनाएको छ।