धनगढी। सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राना थारु समुदायले प्रदर्शन गरेको छ । सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध सोमबार धनगढीमा र्यालीसहित विरोध प्रदर्शन गरिएको हो ।सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्धमा उनीहरुले धनगढीको चौराहादेखि पार्कमोड सम्म र्याली निकालेका हुन् । नेपाल रानाथारु समाज केन्द्रिय कार्यालयको आयोजनामा षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको र रानाथारुको आरक्षणको सुनिश्चतताका लागि दबाब स्वरुप विरुद्ध र्यालीसहित विरोध प्रदर्शन गरिएको जनाइएको छ ।बिरोध सभामा बोल्दै उनीहरुले यस प्रदेशको सरकारी कामकाजीको भाषामा रानाथारु भाषालाई पनि समावेश गर्न यहाँका रानाथारु नागरिकले माग गरेका छन् । नेपाल राना थारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको रानाथारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन आग्रह गरेका थिए । उनीहरूले भाषा आयोगको उक्त प्रतिवेदन प्रति विरोध समेत जनाएका छन । सुदूरपश्चिम प्रदेशमा करिब ३ लाख बढी राना थारु समुदायका नागरिकको बसोबास रहेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.