कञ्चनपुर, कञ्चनपुरबाट ब्राउन सुगर सहित २ युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका – १ का १८ बर्षीय सुदिप बिष्ट र बेलडाडी गाउँपालिका – २ का १८ बर्षिय संजय बिष्ट रहेका छन ।
सशस्त्रको बोर्डर आउट पोष्ट झिलमिला र प्रहरी चौकी झिलमिलाबाट खटीएको संयुक्त पैदल गस्ती टोलीले बेलडाँडी गाउँपालिका – ४ कान्छिबजारबाट ब्राउन सुगर सहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुबाट ८ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिए। प्रहरीले दुबै जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको जनाएको छ ।