धनगढी। सुदूरपश्चिम समाजको १४ औं साधारणसभा सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकारका लागि पैरवी गर्दै आएको सुदूरपश्चिम समाज (निल हिरा समाज) को १४ औं साधारणसभा शनिवार सम्पन्न भएको हो । सुदूरपश्चिम समाजको कार्यालयको सभा कक्षमा आयोजना गरिएको १४ औं साधारणसभाबाट अध्यक्षमा सर्वसम्मत रुपमा करुणा नेपाललाई चयन गरिएको छ।कार्यक्रमबीच निवर्तमान अध्यक्ष आशिका चौधरीले आफ्नो कार्यकाल सम्पन्न संगै निर्वाचित अध्यक्ष नेपाललाई स्वागत समेत गरेकी थिइन्। यस्तै कार्यसमितिको उपाध्यक्षमा कृति चौधरी ,सचीव राज चौधरी ,कोषाध्यक्ष बिर्ख राज चौधरी ,सदस्यमा राजु लामा ,मुकेश चन्द ,पवन राना,धर्मराज चौधरी ,भरत चौधरी ,खगेन्द्र राना र नरेश चौधरी लगायतको ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ। कार्यक्रमको बारेमा सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामा र आर्थिक आयव्यय परियोजनाका लेखा अधिकृत लालमणी भट्टले प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन समाजका सचिव राज चौधरीले गरेका थिए।निवर्तमान अध्यक्ष आशिक चौधरीले सुदूरपश्चिम समाजलाई अझ थप नयाँ उचाइमा पुगाउनका लागि सम्पुर्ण नयाँ कार्यसमितिको अहम् भुमिका रहोस् भन्दै सफल कार्यकालको समेत शुभकामना दिएका छन् । साथै आफुलाई विश्वासका साथ मलाई नेतृत्व दिई आफ्नो कार्यकालमा साथ सहयोग सल्लाह दिनुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद दिएका छन् । यस्तै नवनिर्वाचित अध्यक्ष करुणा नेपालले आफुलाई नेतृत्व हस्तान्तरण गर्नु भएकोमा सम्पुर्णलाई धन्यवाद दिदै आउदा दिनमा सबैको सरसल्लाह अनुसार नै कार्य गर्ने समेत प्रतिबद्धता गरेकी छन् । सुदूरपश्चिम समाज धनगढीले बिगत लामो समय देखि सामाजिक सेवा सम्बन्धी कार्य गर्दै आएको एक नमुना मुखी संघसंस्थाको रुपमा परिचीत रहेको छ।