धनगढी। राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिइएको भन्दै राना थारु समुदायले आपत्ति जनाएका छन् ।
सो समुदायले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको र आपत्ति जनाउँदै धनगढीमा प्रर्दशन गर्ने जनाएको हो। नेपाल राना थारु महासंघ लगायत राना थारु समुदायसंग सम्बन्धित विभिन्न संघ संस्थाले आज धनगढीमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो।
भाषा आयोगले तयार गरेको प्रतिवेदनमा कैलाली, कञ्चनपुरमा बसोबास गर्ने रैथाने समुदायको पहिचान मेटाउन खोजेको राना थारु समुदायको आरोप छ । भाषा आयोगले प्रतिवेदन सच्याएर राना थारु भाषालाई पनि कामकाजी भाषाको रुपमा उल्लेख गर्नु पर्ने महासंघका अध्यक्ष कृपाराम रानाले बताए ।‘
कैलाली र कञ्चनपुरका मूल बासिन्दा राना थारु समुदायलाई नेपाल सरकारले आदिवासी जनजातिका रुपमा अलग्गै सूचीकृत गरिएको छ,’ रानाले भने, ‘भाषा आयोगले गरेको विभेदविरुद्ध हामी आन्दोलित भएको जानकारी दिए । आयोगले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारु भाषालाई सरकारी कार्यालयमा कामकाजी भाषाको रुपमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ। अध्यक्ष रानाले राना थारु समुदायको भाषा पनि समेटिनु पर्दछ । उनले भने ’ राना थारु समुदायको पहिचानलाई आयोगले मेटाउन खोजेको भन्दै राना थारु समुदायले आन्दोलन गर्ने निर्णय गरेको छ । आयोगको कदमविरुद्ध भोलि धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म विरोध प्रदर्शन गर्ने जनाएको छ ।