कञ्चनपुर। कञ्चनपुरको पुनर्वासबाट ब्राउन सुगर र मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट दोधाराबाट र नेपाल प्रहरीको लागु औषध ब्युरोबाट खटिएको संयुक्त पैदल गस्ती तथा चेकप्वाईन्ट टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका १० दोधापुलबाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको हो।
सुपप ०१–००७ प ९५१८ नम्बरको मोटरसाईकलका चालक कैलाली धनगढी उपमहानगरपालिका २ सरस्वतीनगर बस्ने अन्दाजी २८ बर्षका शेर बहादुर थापा र मोटर साइकलमा सवार सोही ठाउँ बस्ने अन्दाजी २६ बर्षका दिपक बिष्टलाई शंका लागि चेकजाँच गर्ने क्रममा दिपक बिष्टको साथबाट अन्दाजी १.५ ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएको मोटरसाईकल र ब्राउन सुगरसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।