धनगढी। लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको चन्द्रकान्त पनेरुको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरिएको छ । शनिवार नयाँ कार्यसमिती चयन गरिएको हो।
जस्को प्रथम उपाध्यक्षमा चेतन बिक्रम चन्द,द्वितीय उपाध्यक्षमा कृतज्ञ बिक्रम शाही र तृतीय उपाध्यक्षमा रिदम रोकाया चयन भएका छन्।सचिवमा निराजन जोशी,कोषाध्यक्ष देवराज अवस्थी,सह सचिव दीपा रावत र सह कोषाध्यक्ष घनश्याम कापडी चयन भएको उपाध्यक्ष रिदम रोकायाले जानकारी दिए । यस्तै सदस्यहरुमा एकेन्द्र थापा,रितिका गुरुङ,बिबेक कुवर ,रमेश सिंह,सुरज खड्का,सन्तोष पन्त,पारस रोकाया,सुमन ढकाल,प्रविन चन्द,सुभम पनेरु र गौरव महरा रहेका छन् ।
क्लबको निर्देशकमा वचन जोशी,चेतन पाण्डे,बीरेन्द्र विष्ट, मनिषा मडै र पब्लिक रिलेशन अफिसरमा डि आर पनेरुलाई चयन भएका छन् । शनिबार लायन्स क्लब धनगढी हेल्थ एण्ड मेडिकोका अध्यक्ष भिमराज ओझाको ‘अबु’को सभापतित्वमा बसेको बैठकले नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै कार्यक्रममा निवर्तमान कार्यसमितिका पदाधिकारी सहभागी भएका थिए ।
नव निर्वाचित क्लबका अध्यक्ष पनेरूले क्लबले अब निरन्तर सामाजिक कार्यहरु अगाडी बढाउने बताए। अब हाम्रो कार्यकालमा क्लबले विभिन्न सामाजिक कार्य गर्दै ग्रामिण क्षेत्रमा गएर सामाजिक क्षेत्रमा काम गर्ने योजना रहेको उनले बताए । यस्तै, माई लियन भिलेज बनाएर कैलारी गाउँपालीकालाई लायन्स क्लब र लियो क्लब धनगढी हेल्थ एण्ड मेडिकोले गत महिनामा कोभिड १९ को मध्यनजर राख्दै यसबाट बच्न माक्स तथा सेनेटाईजर बितरण गरिएको जनाइएको छ ।