धनगढी। सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली, कञ्चनपुरमा अतवारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ। थारु बाहुल्यता रहेको सुदूरपश्चिमका दुई जिल्लामा सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले अतवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
अतवारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ। यस्तै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अतवारी पर्वको अवसरमा थारु समुदाय लगायत सम्पुर्ण प्रदेशबासीमा सुभकामना ब्यक्त गरेका छन् । मुख्यमन्त्री भट्टले अतवारी पर्वको अवसरमा सुभकामना सन्देश जारी गर्दै थारु समुदाय लगायत सम्पुर्ण प्रदेशबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ती समृद्धि, सु स्वास्थ्य र उत्तरोत्तर प्रगतीको कामना गरेका हुन् ।उनले भनेका छन्,- सुदुरपश्चिम प्रदेशमा बिभिन्न जातजाती एवं समुदायको आ आफ्नै सभ्यता,भाषा, धर्म संस्कृती पर्व र परम्परा विद्यमान छन् । थारु समुदायले मनाउने बिभिन्न पर्वहरुमध्ये महत्वपुर्ण पर्वलाई अतवारीलाई आफ्नै मौलिक रुपले मनाउदै आएका छन् । यस्ता पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस भन्ने बिश्वास ब्यक्त गरेका छन् । यस्तै कोभिड १९ को परिस्थीतीमा स्वास्थ्य मापदण्ड अपनाई अतवारी पर्वलाई खुसियालीका साथ मनाउन सम्पुर्ण थारु समुदायलाई सुभकामना भनेका छन् ।