धनगढी। राष्ट्रिय किसान आयोगका अध्यक्ष डाक्टर प्रेमप्रसाद दंगालले सुदूरपश्चिमका किसानले स्वदेशी उत्पादनले बजारीकरण नपाएको बताएका छन् ।
राष्ट्रिय किसान आयोगले शनिवार धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दंगालले सुदुरपश्चिमका किसानले उत्पादन गरेका उत्पादित बस्तुले बजार नपाएको तर भारतियबाट आयातित बस्तुले बजार पाउँदा यहाँ किसान निकै मार्कामा परेको बताएका छन्। यस्तो समस्याका कारण कृर्षीको बिकास र प्रर्बधन हुन नसक्ने भएकाले यहाँ किसानहरु झन् ओझेलमा पर्ने जानकारी दिए ।
उनले भने, यहाँ उत्पादन भएको बस्तुले बजार नपाएको तर, भारतबाट आयात हुने बस्तुहरूले बजार ढाकेको छ । भारतबाट आयातित तरकारी, फलफुल, माछामासुजन्य पदार्थ लगायत अन्य बिभिन्न खाद्यान्नहरुले बजार पाएका छन् । तर यस क्षेत्रमा उत्पादन भएका कृर्षीले भने उत्पादित बस्तुले बजार नपाउँदा यसरी कृर्षि क्षेत्रको बिकास हुन सक्दैन्, उनले भने । यो समस्या कमगर्न अब भन्सार दरमा शुल्क बृद्धि गरे भारतबाट आयात हुने वस्तुहरु घट्ने र नेपाली उत्पादन बढ्ने जानकारी दिए। उनले यस्का लागी अब स्थानीय उत्पादनको बजार बढाउन भन्सार महशुलको दर बढाउनुपर्ने हुन्छ । यदि भन्सार शुल्क दर नबढाए कृषि सुधार शुल्क बढाउनुपर्ने हुन्छ, उनले भने ।
यस्का अतिरिक्त भारतबाट आइरहेका बस्तुहरूको नियमन समेत नभइरहेकाले नेपाली किसान मारमा परेका छन् । त्यस्का लागी नेपाल सरकारले भन्सार,क्वारेन्टाइनलाई ब्यवस्थीत बनाउन र चुस्त दुरुस्त बनाउनुपर्छ उनले भने। साथै अहिले कृर्षिमा देखीएका समस्यालाई समाधान गर्न बनेका निती नियम, कानुनको अध्ययन गरी लागुगर्ने गराउने र योजना बनाउने काम भैरहेको छ उनले भने । कृर्षि बिकासको रणनिती लागु भैरहेको र त्यस्का लागीे किसान, सरोकारबालासँग, बिज्ञबिशेषज्ञसँग आवस्यक छलफल तथा सुझाब संकलनका लागी बिभिन्न प्रदेशमा गइरहेका छौं,’ उनले भने । उनले समस्याहरुलाई समेटेर सुधारका लागि सरकार सुझाव दिने समेत बताए ।अध्यक्ष दंगालले खाद्य र पोषण सुरक्षा, दिगो बिकासमा आधारित, आत्मनिर्भर कृर्षि, गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने, आयआर्जन गर्ने,ब्यापार घाटा कम गर्ने र किसानहरुको हक अधिकार सुनिश्चित गर्नेे योजना राष्ट्रिय किसान आयोगले निती तथा लक्ष्य लिएको छ । यस्तै, किसानका लागि हुँदै आएको मल अभाव, अनुदान, बैंक ऋण, बिमा लगायतका वियषमा देखिएको समस्याहरु छन् । यी यस्ता समस्याहरु किसान कल सेन्टर निर्माण गरेर किसानको समस्या सम्बोधन गर्ने तयारीसमेत भइसकेको अध्यक्ष दंगालले बताए । यस्तै कार्यक्रममा बोल्दै किसान आयोगका सदस्य जिबन्ती पौडेलले सुदूरपश्चिम प्रदेशमा मौसम अनुसारको खेती गर्न किसानलाई प्रोत्साहित गर्ने र ती खेती प्रवर्द्धनको लागि सरकारलाई आग्रह गर्ने जानकारी दिइन् । आयोगले किसानहरूका सवालमा सरकारले सञ्चालन गरेका विभिन्न आयोजना, तिनको प्रभावकारिता र आयोगले गर्ने आगामी कामको योजनाबारे समेत छलफल गरेको थियो ।