धनगढी। धनगढीमा एमसीसीविरुद्ध प्रदर्शन निरन्तर जारी राखिएको छ । एमसीसी खारेज अभियान भेला आयोजक समिती नाम दिईएको युवाहरुको समुहले आज शनिबार धनगढीमा प्रदर्शन गरेको हो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्ध प्रदर्शन गर्दै स्वाधीनताको रक्षा गरौं, एमसीसी खारेज गरौं भन्ने नारा सहित युवाहरुको समुहले र्याली निकालिएको थियो । धनगढी पार्कमोड देखि मुख्यमन्त्री कार्यालय हुदै चौराहामा कोण सभा भएको हो । राष्ट्रीय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि राष्ट्रघाती एमसीसी पूर्ण रुपमा खारेज गरिनु पर्ने उनीहरुको माग छ । एमसीसी खारेज अभियानमा सहभागी गणेश बिनाडीले राट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि राष्ट्रघाती एमसीसी पूर्ण रुपमा खारेज गरिनुपर्ने बताए। नेपाल कसैको उपनिवेश मा अहिलेसम्म बसेको नि छैन र आगामी दिनमा पनि यस्ता सम्झौता गरेर देशको स्वाधीनता मा आच आउन नदिने उदेश्य हाम्रो हो उनले भने ।
एमसीसीका पदाधिकारीहरु अहिले राजधानीमा छन् । उनीहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सरकारसँग अनुदानको विषयमा छलफल गरिरहेका छन्। धनगढीमा विभिन्न व्यक्तिहरुको समुहले एमसीसी खारेज गर्न माग गर्दै दैनिक जसो प्रर्दशन गर्दै आएका छन ।