धनगढी। शनिवार सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको हो।
आज बिहान ६ बजेर १३ मिनेटमा धक्का महसुस गरिएको जनाइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले ५ दशमलबव् ३ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको जानकारी दिए।