धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर १२ जुगेडा डि गाउँमा तिज बिशेष कार्यक्रमको आयोजना गरिएको छ । तिज बिशेष आयोजक समितीको आयोजना तथा धनगढी उपमहानगरपालीका वडा नम्बर १२ को वडा कार्यालय र धनगढी उपमहानगरपालीकाको सहयोगमा तिज बिशेष कार्यक्रमको आयोजना गरिएको हो ।
शारदा थापाको सभापतित्वमा कार्यक्रम भएको तिज बिशेष कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कार्यवाहक अध्यक्ष बिर्ख सिंह रहेका थिए । यस्तै सिध्धनाथ वन उपभोक्ता समिति अध्यक्ष शारदा थापा, विशिष्ट अतिथिमा नेपाल महिला संघ नगरसभापति जागृति बोगटी,नगर कार्यसमिति सदस्य धना जोशी, धनगढी उपाहानगरपालीका १२ का वडा अध्यक्ष दुर्गाथापा लगायतबिभिन्न महिलाहरुको उपस्थीती रहेको थियो । हिन्दु महिलाहरुको मुख्य पर्व हरितालिका तीजको अवसरमा आज शुक्रबार आयोजित उक्त तीज बिशेष कार्यक्रममा दिदीबहिनीहरुसँग रमाइलो भेटघाट तथा नाचगान गर्दै रमाईलो गरेका थिए । तीज बिशेष कार्यक्रममा महिलाहरुले तीजको एक-आपसमा शुभकामना आदानप्रदान गरिएको थियो ।साथै आ-आफ्ना मौलीक भाका तथा डेउडा खेल मार्फत प्रस्तुती दर्शाउँदै रमाईलो सँग तिज मनाएका हुन्।हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरू द्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
आराध्यदेव शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवलाइ पतिको रुपमा प्राप्त गर्न तथा भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकि थिईन् त्यसै दिन यहि हरितालिका तिजको दिन परेको थियो र त्यसै दिन देखि आज सम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।