धनगढी। कैलालीको अत्तरिया चोकमा ब्यापारीेले चक्काजाम गरेका छन् । कैलालीको अत्तरिया चोक कालोपत्रेको माग गर्दै स्थानीय व्यापारीहरुले आज बिहान चक्काजाम गरेका थिए।
चोकमा उड्ने धुँवाधुलोले व्यापार, व्यवसाय गर्न असहज भएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए।