कञ्चनपुर। ,व्यापारीसँग धम्काएर पैसा लिएको आरोपमा कञ्चनपुरमा दुई जना पत्रकार पक्राउ परेका छन् । नाइस टेलिभिजका रिपोर्टर वताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई व्यापारीसँग बार्गेनिङ गरेर २५ हजार रुपैया लिएको आरोपमा कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । उनीहरुले महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैया लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
नाइस टेलिभिजका रिपोर्टर गोबिन्द बिसी र सन्तोष भट्टले महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालकलाई धम्क्याएर २५ हजार रुपैया लिएका हुन् । उनीहरुले मोवाईल ग्यालरीबाट पैसा नदिएरै दुई ओटा पावर बैंक समेत लगेका छन । दर्ता भए/नभएको छानबिन गर्न आएको बताएका उनीहरुले मोवाईल पसल सञ्चालकलाई धम्क्याएर २५ हजार रुपैया लिएका हुन् । उनीहरुले दुई लाख रुपैयाबाट बार्गेनिङ्ग शुरु गरेका थिए । अन्तिममा २५ हजार रुपैया लिएर गएको पसल सञ्चालकले बताएका छन् । बुधबार साँझ करीव ६ बजे महेन्द्रनगरको ४ नम्बर गल्ली स्थित साई मोबाईल केयरमा गएका विसी र भट्टले करीव एक घण्टासम्म पसलमा बसेर बार्गेनिङ्ग गरेका थिए । उनीहरुले बार्गेनिङ्ग सहित रकम लिएको सिसिटिभि क्यामेरामा कैद भएको छ ।
पसल सञ्चालक अवदेश श्रीवास्तवका अनुसार गोविन्दले पहिला मोवाईलको सामान चाहिएको भन्दै फोनमा कुराकानी गरेको थिए । बेलुका पल्सर बाईकमा पुगेका विसि र भट्टले आफुलाई पत्रकार बताउदै पसल दर्ताको विषयलाई कुरा उठाएका थिए । श्रीवास्तव भारतको बनवासा निवासी ब्यापारी हुन । उनले कैलालीको सुख्खडबाट भागरथी धामीसंग विवाह गरेका छन । उनले श्रीमतीकै नामबाट साई मोबाईल केयर दर्ता गरी सञ्चालन गर्दै आएका छन्। ‘बिहान मोवाईलको सामानको सामान चाहियो भनेर कुराकानी गरेका थिए, श्रीवास्तवले भने, साँझ पत्रकार हुँ भन्दै दुई ओटा पावर बैंक र २५ हजार नगद रकम लिएर गए संञ्चालक श्रीवास्तवले भने । उनीहरुले श्रीवास्तवसंग श्रीमतीको नाममा पसल सञ्चालन गर्न नपाउने भन्दै दुई लाख रुपैयाबाट बार्गेनिङ्ग गरेका थिए । ‘ श्रीवास्तवले भने, तैले यसरी श्रीमतीको नाममा पसल सञ्चालन गर्न पाउदैनस, तेरो पसल अव सिल गर्छौ भन्दै धम्क्याएर पैसा असुले ।
श्रीवास्तवले दुई लाख रुपैया दिन नसक्ने बताएपछि दुई वटा पावर बैंक र २५ हजार रुपैया लिएको बताए । वीसीले बुधबार साँझ महेन्द्रनगरको साई मोबाईल केयरमा गएको स्वीकार गरेपनि आफूले पैसा नलिएको बताए । उनले भट्ट र श्रीवास्तवका बीचमा भएको कुरा आफूलाई त्यस सम्बन्धमा जानकारी नभएको बताए । तर सीसी टीभी फुटेजमा वीसीले श्रीवास्तवसंग बार्गेनिङ्ग गरेको देखिन्छ । तर रकम लिने बेला उनी बाहिर निस्किन्छन । र रकम भट्टले गनेर झोलामा हालेको सीसी टीभी फुटेजमा देखिन्छ । श्रीवास्तवले आफूसंग पैसा नभएपछि अरुसंग सापटी मागेर बीसी र भट्टलाई दिएको बताएका छन् । यो दृष्य पनि सीसीटीभीमा कैद भएको छ । नाईस टेलिभिजन डिस होमको १५७ नंम्बरमा आउने र आफ्नो अफिस अत्तरियामा रहेको विसिले बताए । बीसीको समूहले यसअघि कैलालीको मसुरीया बजारमा एक औषधी पसलेसंगै यसैगरी बार्गेनिङ्ग गरी रकम असुलेका थिए । पछि त्यो कुरा बाहिर आएपछि रकम फिर्ता गरेका थिए । बीसीले आफू पत्रकार र भट्ट व्यापारी रहेको बताए ।यहाँ तल हेर्नुहोस भिडियो