धनगढी। सुदूरपश्चिमका तराईका जिल्ला कैलाली कञ्चनपुरमा भदौ २७ गते सार्वजनिक बिदा दिईएको छ । यी जिल्लामा थारु समुदायले मनाउने अतवारी पर्वको अवसरमा बिदा दिईएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अतवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।सुदूरपश्चिम सरकारद्धारा जारी बार्षीक बिदाको सूचनामा भदौ २७ गते आइतबार अतवारी पर्वको अवसरमा कैलाली र कञ्चनपुर जिल्लामा विदा दिने उल्लेख छ ।
भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले अतवारी पर्व मनाउने गर्दछन् ।पर्वका दिन थारु समुदायका पुरुषहरू दिनभरि व्रत बसी साँझ घरमा पवित्र तरिकाले रोटी पकाई दही, फलफूलसाथ अग्नि देवतालाई अपर्ण गरी आफ्ना दिदीबहिनीको नाममा अग्रासन छुट्याई परिकार खाने गर्दछन् । यस पर्वमा पाँच पाण्डवमध्ये भीमको पूजा गर्ने गरिन्छ ।