धनगढी। कैलालीमा भन्सार छलि ल्याइएका सामान बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार
भदौ २२ गते साँझ साढे ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका ९ बाट भारतबाट अबैध रुपमा भन्सार चोरी गरी ल्याइएका सामान बरामद गरेको हो।
भारतबाट अबैध रुपमा भन्सार चोरी गरी ल्याएका ३२ हजार ९ सय मुल्य बराबरका बिभिन्न सामानहरु बरामद गरीएका सामान छन्। बरामद गरिएका सामानहरु भन्सार ऐन बमोजिम कारवाहीका लागी आजै भन्सार कार्यालय कैलालीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।