धनगढी । नमोवुद्ध युवा क्लब क्याम्पस रोडले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको दुष्ट्रि फाउण्डेसनमा खाध्य सामाग्री सहयोग गरेको छ । क्लबले नेपाली महिलाहरुको महान पर्व हरितालीका तीजको अवसरमा दृष्ट्रि फाउण्डेसनमा रहेका ५३ जना महिलाहरु लाई दर खुवाउनुका साथै केहि खाध्य सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष निरज विष्टले जानकारी दिए ।
उनले क्लबले फाउण्डेसनमा रहेका घर बार विहिन दीदीबहिनी लाई आज विहान दहि, जेरी, केरा, स्याउ, चिसो खुवाउनुका साथै १७ हजार ५ सय भन्दा बढीको खाध्य सामाग्री सहयोग गरिएको जानकारी दिए ।
क्लबले ३ बोरा चामल, एक बोरा आलु , १ कटा पुजा, सर्फ, सावुन, फिनायल, स्वोयविन, चाउचाउ, अण्डा लगायत खाध्य सामाग्री सहयोग गरेको क्लबका अध्यक्ष विष्टले जानकारी दिए । उनले दुष्ट्रि फाउण्डेसन स्थापना भएदेखि नै क्लबले विभिन्न समयमा सहयोग गदै आएको जानकारी दिए ।
खाध्य सामाग्री वितरण कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम राना, वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराल, समाज सेवी उद्धव विष्ट, क्लबका पदाधीकारी लगायतको सहभागिता रहेको थियो । क्लबले खाध्य सामाग्री सहयोग गरेपछि फाउण्डेसन लाई धेरै सहयोग पुगेको दुष्ट्रि फाउण्डेसनकी संञ्चालिका कल्पना भट्टले बताईन् । उनले यस्तो सहयोगी दाताहरु बाट घरबार विहिन असाह महिला दिदीबहिनीहरुको जिवन यापनमा सहयोग हुदै आएको जानकारी दिईन् ।