कञ्चनपुर। कञ्चनपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका -१ भेटघाट शिविर, नयाँ बस्तीका २० वर्षीय गगन कार्की मृत फेला परेको प्रहरीले जनाएको छ ।
कार्की आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। मंगलबार उनी झुण्डिएको अवस्थामा मृत फेला परेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।