धनगढी । बुबाको मुख हेर्ने दिनको अवसरमा धनगढी ३ को गौसालालाई आर्थिक तथा खाद्यान्न सहयोग गरिएको छ ।
धनगढी ३ भन्सारका हेमराज पन्त र धनगढी ३ मित्रनगरकी लक्ष्मी रोकाया तथा धनगढी १३ मोहनपुरका सागर कुवँरले बुबाको मुख हेर्ने दिनको अवसरमा बुबाको समझनामा आर्थिक तथा खाद्यान्न सहयोग गरेका हुन्।
धनगढी ३ को गौसालाका लागी हेमराज पन्तले आफ्नो स्वर्गीय बुवा देबि दत्त पन्तको समाझाना गौसालालाई १० हजार रुपैया आर्थिक सहयोग गरेको गौसालाका अभियान कर्ता यस्पाल अबस्थीले जानकारी दिए । यस्तै धनगढी ३ मित्रनगर निवासी लक्ष्मी रोकायाले पनी बुबाको मुख हेर्ने दिनको अवसरमा आफ्नो स्वर्गीय बुवा प्रेम बहादुर रोकायाको समझनामा गौसालाका गाईहरुका लागी १ क्वीन्टल बराना सहयोग गरेकी छिन्।
यस्तै धनगढी १३ मोहनपुरका सागर कुवँरले पनी आफ्नो स्वर्गिय बुबा शेर बहादुर कुवरको समझनामा ४ बोरा बरान सहयोग गरेका छन् । हाल डेनमार्क बस्दै आएका कुवरले आज बुबा मुख हेर्ने दिनको अवसरमा सहयोग गरेका हुन् । धनगढी ३ का गौसालाका सुरु देखिका अभियान कर्ता यस्पाल अबस्थीले सहयोग तथा दान गर्ने सबैमा धन्यवाद ब्यक्त गरेका छन् । साथै अभियान कर्ता अबस्थीले उनीहरुको पितृको स्वर्ग बासको कामना ब्यक्त गर्दै गौ माताले सबैको मनोकामना पूरा गरून्, उनले भनेका छन् ।