कैलाली। कैलालीमा चोरी मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीको गोदावरी ५ का २३ बर्षीय जिवन चौधरीलाई पक्राउ गरेको हो।
चोरी मुद्दामा सजायको फैसला भई करीब २ बर्षदेखि फरार रहेका चौधरीलाई यही भदौ २१ गते सोही ठाउँबाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिएको छ । मिति २०७६ कार्तिक १८ गतेको कैलाली जिल्ला अदालतको फैसलाले २ बर्ष ११ महिना ९ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना भई फरार रहेका थिए ।
यस्तै. १५ बर्षदेखि फरार व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। मिति २०६३ साल फागुन ३ गतेको कञ्चनपुर जिल्ला अदालतको फैसलाले १ महिना कैद र रु १ लाख ६० हजार जरिवाना भई फरार रहेका कैलाली भजनी १ का ४३ बर्षिय हरिओम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। चोरी मुद्दामा सजायको फैसला भई १५ बर्षदेखि फरार रहेका हरिओम चौधरीलाई यही भदौ २१ गते भजनी नगरपालिका वडा नं. १ बाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिएको छ ।