कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ। ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।
शनिबार साँझ ७ बजे कृष्णपुर नगरपालिका–४ किचाईस्थित चैनपुर शिविर वडा क्षेत्रमा उक्त बन्दुक फेला परेको हो। प्रहरी टोलीले गस्ती गर्ने क्रममा ग्वाँसी समैजी सामुदायिक वन जंगलबाट उक्त बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद एकनाले भरुवा बन्दुकको बारेमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

