धनगढी। गौरीगंगा नगरपालीकाको वडा नम्बर १ को कांग्रेस वडा सभापतीमा डबल दिवाकोटी सर्बसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट कैलालीको गौरीगंगा नगरपालीकाबाट डबल दिवाकोटी सभापतिमा निर्वाचित भएका हुन् ।
गौरीगंगा नगरपालीकाको वडा नम्बर १ को सभापतीमा डबल दिवाकोटी सर्बसम्मत रुपमा वडा सभापतिमा निर्वाचित भएको नेपाली कांग्रेस कैलालीले जनाएको छ । दिवाकोटीले सर्बसम्मत रुपमा आफुलाई वडा सभापतीमा बिजयी गराउने कृयाशिल सदस्यहरुमा हार्दिक धन्यवाद ब्यक्त गरेका छन् । साथै सम्पुर्ण नगरबासीको अपेक्षा, चाहाना, भावना अनुसार काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।