कैलाली। नेपाली आकाशमा भारतिय हेलिकप्टर घुमिरहेको भन्दै कैलालीको अत्तरियामा बिरोध प्रर्दशन गरिएको छ । केही दिन यता नेपाली आकाशमा भारतिय हेलिकप्टर घुमिरहेको भन्दै राष्ट्रिय जनमोर्चा निकट बिद्यार्थी संगठन अखिल छैटौंले बिरोध प्रर्दशन जनाएको छ ।
आज अत्तरियामा एक कार्यक्रमको आयोजना गर्दै बिरोध जनाएको हो । अखिल छैटौं सम्बध बिद्यार्थीहरुले बिरोध स्वरूप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएका छन् । बिरोध कार्यक्रमलाई अखिल छैटौंका कैलाली अध्यक्ष हेमराज भट्ट, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिबालय सदस्य डबल बोगटी लगाएतका नेताहरुले सम्बोधन गरेका छन्।
दार्चुलाको महाकाली नदीवारि रहेको नेपाली बस्ती र नेपाली सेनाको ब्यारेकभन्दा माथिको नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टरले यसै साता उडान गरेका थिए । घटना प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै गृहमन्त्रालयले त्यसबारे नेपाली निकायहरूसँग थप जानकारी सङ्कलन गरिरहेको जनाएको छ।

