धनगढी। कैलालीमा विइङ्गर र अटो एकआपसमा ठोक्कीदा ३ जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन ।
शुक्रबार राती पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका – ४ राजिपुरमा पुर्ब तर्फ गईरहेको म १ ज ३१९ नम्बरको विइङ्गर र पुर्व बाट पश्चिम तर्फ आईरहेको से १ ह २५१० नम्बरकोे अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा अटोमा सवार घोडाघोडी नगरपालिका – ९ का २४ बर्षीय युवराज चौधरी, सोही ठाउँका २६ बर्षीय भिगम चौधरी र १९ बर्षीय जितेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अटोमा सवार ७ जना घाइते भएपनि ३ जनाको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि घाइते हुनेमा घोडाघोडि नगरपालिका – ९ कै २४ बर्षीय दिपेन्द्र चौधरी, सोही ठाउँका अटो चालक २२ बर्षीय सुरेश चौधरी, २० बर्षीय असान्त चौधरी र ३० बर्षीय हरी चौधरी रहेका छन । घाईते चारै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले विईङ्गर सहचालक जिल्ला कंचनपुरको बेदकोट नगरपालिका १० का २५ बर्षीय धनु रावललाई नियन्त्रणमा लिएको र चालक भने फरार रहेको जनाएको छ ।


