कञ्चनपुर। कञ्चनपुरमा नेपाली भूमिमै दाहसंस्कार गर्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई दाहसंस्कारमा अवरोध गरेको हो।
भीमदत्त नगरपालिका–१० जिमुवाका लाल गिरीको दाहसंस्कारमा एसएसबीले गरेको हो। भीमदत्त–९ रिगौनास्थित अन्त्येष्टि स्थलमा दशनामी समुदायले वर्षौंदेखि दाहसंस्कार गर्दै आएका छन्। त्यस स्थानमा एसएसबीले अवरोध गरेपछि स्थानीय आक्रोशित भएका छन्।
‘नेपाली ज्यूउँदा हुँदा पनि पनि समस्या‚ मृत्यु हुँदा समेत भारतीय पक्षबाट समस्या खडा गरियो,’ स्थानीय दिपेन्द्र सिंह ऐरीले भारतीय ‘हेपाहाले सीमा नाध्यो, सरकारले यस्ता घटनामा गम्भिर बन्नुपर्छ, उनले भने । वडा नम्बर-९ का वडा अध्यक्ष राना नाथले सतगत कार्यमा समेत भारतीय एसएसबीको अवरोध गरी निन्दनीय कार्य गरेको भने । ‘आफ्नै भूमिमा समेत सदगत गर्दा छिमेकी भारतीय पक्षबाट अवरोध कार्य गलत हो,’ ‘उनले भने, ‘अब उपरान्त यस्ता विषयमा भारतीय पक्ष जिम्मेबार हुनुपर्छ।’

