धनगढी। कैलाली बहुमुखी क्याम्पसका बीएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा ज्ञापन पत्र बुझाएका छन् । विश्वविद्यालयद्धारा सञ्चालन गरिने सवै परिक्षाहरुमा दुवै भाषामा लेख्न पाउँनुपर्ने लगाएत तीन बुदे मागसहितको ज्ञापन पत्र बुधवार बुझाएका हुन् ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सुदूरपश्चिम विश्वविद्यालयले यसअघिनै बनाएको नियमको संसोधन गर्दै विद्यार्थीलेनै परिक्षामा लेख्ने भाषा छनोट गर्न पाउनुपर्ने,यस्तै सेमेस्टर सकिनै लाग्दा समेत अहिलेसम्म पाठ्यपुस्तकको ब्यवस्था नभएकाले छिटोभन्दा छिटो सबै पुस्तक उपलब्ध गराउनुपर्ने, परीक्षा सञ्चालन गराउनु भन्दा अगाडी एक महिना अगाडी भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने र तत्काल परिक्षा सञ्चालन नगरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको सोही सेमेस्टरमा अध्ययनरत गणेश जोशीले बताए ।
सुदूरपश्चिममै पहिलोपटक सो विश्वविद्यालयले बीएएलएलबी कैलाली क्याम्पस र केन्द्रीय क्याम्पसमा अध्यापन भईरहेको छ । ज्ञापनपत्र बुझाउनुपुर्व पटकपटक मौखीकरुपमा राग राख्दै आएका थिए । तर मौखीकरुपमा राखिएको माग सम्वोधन नभएसंगै विद्यार्थीहरुले लिखितरुपमै ३ दिनभित्र माग पुरा गर्न भन्दै सो पत्र बुझाएको बीएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी नृप परीले जानकारी दिए । पटकपटक आफुहरुले क्याम्पस प्रमुख र संकाय प्रमुख संग कुरा राख्दा पनी अहिलेसम्म माग सुनुवाई नभएकाले तीन दिन भित्र माग सुनुवाई गर्न भन्दै ज्ञापन पत्र बुझाएका उनले बताए । तनि दिन भित्र माग पुरा नभए क्याम्पसमा तालाबन्दी बन्दी समेत गरिने उनले चेतावनी दिए ।
यस्तै ३ दिनका लागि क्याम्पसलाई समय दिईएको र उक्त मागहरु सम्बोधन नभएमा क्याम्पसमा तालाबन्दी गरिने उनले बताए । विश्वविद्यालयको क्यालेन्डर अनुसार परिक्षाको मिति नजिकिदै गरेको र हालसम्म पनी केही विषयहरुको पढाई प्रभावकारी नभएको बताउँदै यहि अवस्थामा परिक्षा सञ्चालन गर्न नहुने सम्पुर्ण विद्यार्थीको माग रहेको उनले बताए ।यसअघि विश्वविद्यालयले परिक्षाको पुर्व निधारित समयभन्दा तलमाथी गर्नै नसकिने बताएको थियो ।
बुधवारनै कैलाली क्याम्पसमा पुगेका विश्वविद्यालयका उपकुलपती प्राध्यापक डाक्टर अम्मराज जोशीले विद्यार्थीहरुसंग कुरा गर्दै विश्वविद्यालयको क्यालेन्डर अनुसारनै परिक्षाहरु सञ्चालन हुने बताई सकेका छन्। भने परिक्षामा अंग्रजी भाषामै लेख्नुपर्ने बताईसकेका छन् । तर कैलाली क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीको माग भने विद्यार्थीले परिक्षा स्वयम भाष छनोट गर्न पाउनुपर्ने भन्दै विगत चार महिनादेखि आवाज उठाईरहेका छन् । अधिकांस विद्यार्थिहरुको सरकारी विद्यालयबाट आएकाले अंग्रेजी भाषा कमजोर हुँदा समस्या भईरहेको उनिहरुको भनाई थियो । कम्तिमा पनी चार सेमेस्टरसम्म विद्यार्थीले नेपालीमा पनी लेख्न पाउनुपर्ने माग राखेका छन् ।