धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले ३३ बर्षदेखी बेपत्ता भएका ब्यक्तिको उदार गरी परिवारसंग पुनर्मिलन गराएको छ । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ टिकलीगढका ६२ बर्षिय लोकेन्द्र भनिने लोकुन डगौरा थारुलाई भारतको विहारबाट उदार गरी आज परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारी जानकारी दिए ।
उनले काम शिलसिलामा ३३ बर्ष अघि भारतको सिम्ला गएदेखि बेपता भएका डगौरालाई भारतिय प्रहरीको सहयोगमा उद्धार गरिएको जानकारी दिए ।
३३ बर्ष देखि बेपता भएका बुवालाई लिन जिल्ला प्रहरी कार्यालय कैलालीमा उनका ३८ बर्षिय छोरा राम बहादुर डगौरा र छोरी आएका थिए । जिउदै भेटिने आश मारिसकेका उनका छोराले यतिका बेर्ष पछि वुवा लाई भेट्न पाउँदा निकै खुशी भएको बताए । उनले प्रहरी लाई वुबा फेला पारिदिएकोमा धन्यवाद पनि दिएका छिन् ।