कैलाली। कोरोना महामारीका कारण बन्द भएका बिद्यालय सञ्चालन गरिनुपर्ने आवाज उठीरहेको बेला कैलाली प्रसासनले पनी बिद्यालय सञ्चालन गर्न सकारात्मक देखीएको छ । कैलालीमा पनि विद्यालय सञ्चालन गर्न माग भईरहेको र प्रसासनले विद्यालय सञ्चालन गर्नका लागी सरोकारवाला निकायसंग छलफल समेत सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विद्यालय सञ्चालन गर्ने विषयमा भोलि स्थानीय तहसंग बैठक राख्ने तयारी गरेको जानकारी दिए । उनले भने, ‘अन्य सबै क्षेत्रमा बिद्यालय लगभग खुला छ,’ यता शैक्षिक संस्था सञ्चालनको माग गरिएकोले त्यसको प्रभावबारे छलफल गरेर निर्णय गर्छौ, प्रमुख जिल्ला अधिकारी रिजालले भने । स्थानीय प्रशासन भने विद्यालय सञ्चालन गर्न सकारात्मक छ।
’यता सुदुरपश्चिमको बझाङका सम्पूर्ण विद्यालय सञ्चालन भएका छन् भने आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय सञ्चलनबारे निर्णय गरेको छ। अन्य सबै क्षेत्र खुलिसकेको अवस्थामा कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै कैलालीसहित देशभरका अधिकांश जिल्लाका विद्यालय बन्द गरिएका छन्। तर विभिन्न जिल्लामा भने विद्यालय सञ्चलनको निर्णय भइसकेको छ। नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही स्थानीय तहहरुको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरि विद्यालयहरु सञ्चालन गर्न पाउने आदेश जारी भएको छ।


