कैलाली। कैलालीको अत्तरिया स्थित एक डान्सबारमा आगलागी भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया बसपार्क अगाडि रहेको टेक्सास डान्स बारमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरीया बसपार्क स्थित भोज बहादुर खत्री र टेक कुवँरले सञ्चालन गरेको टेक्सास डान्सबारको हल कोठामा अचानक आगलागी भएको हो । आज अपरान्ह ४ः २० बजे आगलागी भएको र आगलागीबाट डान्सबारको कोठा भित्र रहेका बिभिन्न किसिमका सामानहरु जली नष्ट भएका छन्।
भने अन्य मानविय तथा चौमाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।आगलागी भएको सुचनापछि ईलाका प्रहरी कार्यालय मालाखेतीबाट तत्काल प्रहरी टोली परिचालन गरिएको थियो । आगलागी भएको केही समयमै दमकलको सहयोगमा सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइएको छ।




