कञ्चनपुर। कञ्चनपुरमा झण्डै ३ लाख ४५ हजार बढीको अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय दोधारा, त्रिभुवनबस्ती, बेल्डाँडी र गुलरियाबाट खटिएको प्रहरी टोलीले ३ लाख ४५ हजार ४ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।
भारतबाट भन्सार चोरी छली ल्याइएको मोटरसाइकलका पाटपुर्जा, साडी, सुट, पितल तामो, १ थान मोटर साईकल लगायतका विभिन्न सामान बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बेवारिसे अवस्थामा बरामद गरिएका सामान आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ।