धनगढी। नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनको (UANTO) को केन्द्रीय सदस्यमा धन बहादुर सिंह मनोनीत भएका छन ।
आज बसेको एकिकृत अखिल नेपाल शिक्षक संगठनको सचिवालय बैठकले कैलालीका सिंहलाइ मनोनीत गरेको हो ।एकिकृत अखिल नेपाल शिक्षक संगठन कैलालीका जिल्ला अध्यक्ष समेत रहेका वरिष्ठ शिक्षक धन बहादुर सिंह र त्यसै गरि शिक्षिका रमा उपाध्यायलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। शिक्षक नेता सिंहले एकिकृत अखिल नेपाल शिक्षक संगठनले आफुलाइ केन्द्रिय सदस्य मनोनीत गरेकोमा धन्यवाद समेत दिएका छन्।
स्टेट सेभेनले सोधेको प्रश्नमा अब एकिकृत अखिल नेपाल शिक्षक संगठनको महत्त्वपुर्ण पद केन्द्रिय सदस्य हुनुभएको छ कैलालीमा शिक्षा क्षेत्रमा तथा शिक्षक स्वयमका धेरै समस्या छन के गर्नु हुन्छ ? भन्ने पश्नमा नेता सिंहले आफु पेशागत हकहितका लागि संघर्षरत रहने सधै आवाज उठाउने जानकारी दिए। केन्द्रिय सदस्यमा मनोनीत भएकोमा अझै प्रेरणा मिलेको र थप जिम्मेवार बनाएको बताए । शिक्षक नेता सिंह एक सरल शालिन स्वभाव तथा सँस्कृती प्रेमी हुनुका साथै राजनीति बिथित बिसङति प्रती देउडा मार्फत तिखो बङय गर्दै आएका छन्। उनी कैलालीको धनगढीमा रहेको जनता प्राथमिक बिधालयका प्रधानाध्यापक समेत हुन ।