दार्चुला। लगातारको बर्षासँगै आएको बाढिका कारण निर्माणाधीन चमेलिया जलविद्युतको ड्याममा क्षति पुर्याएको छ । आइतबार राती आएको अविरल वर्षाका कारण बाढिले अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइडमा चमेलिया नदीले क्षति पुर्याएको हो।
निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युतको ड्याम क्षेत्रमा बाढिले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अपि गाउँपालिकाको अोखल नजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा माटो भरिएको छ । यस्तै निर्माणस्थलमा रहेका स्काभेटर, टयाक्टर, र निर्माण सामग्रीमा क्षति पुगेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

