दार्चुला। दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको स्कारपियो स्कारपियो दुर्घटना भएको छ । आज बिहान करिब साढे सात बजे दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर तर्फ आईरहेको बा १२ च ४२४० नम्बरको स्कारपियो बैतडीको दोगडाकेदार गाउँपालिका ३ को खोचलेक बजार नजिकै दुर्घटना हुदाँ २ जना घाईते भएको प्रहरीले जनाएको छ ।
स्कारपियो सडकबाट चिप्लीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना मा परी बेदकोट नगरपालिका ४ कंचनपुर घर भएका ३४ बर्षिय हरिश बोहरा र दोगडाकेदार गाउँपालिका २ घर भएका ३० बर्षिय दान सिह भाट सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाईते दुवै जनाको स्थानिय मेडीकलमा उपचार भैरहेको छ । स्कारपियो सडकबाट करीव सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


